• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

अन्टार्कटिकाको ५०० मिटर बरफमुनि भेटियो लुकेको संसार



वासिंटन । वैज्ञानिकहरूले अन्टार्कटिकाको हिउँको सतहमुनि लुकेको संसार फेला पारेका छन् । वैज्ञानिकहरूले यहाँ यस्तो पारिस्थितिकीय प्रणाली फेला पारेका छन् जुन आजसम्म कहिल्यै देखिएको थिएन।

हिउँको सतहमुनि भूमिगत खोलामा एउटा अँध्यारो गुफा देखिएको छ जसमा झिँगा जस्तो देखिने साना जनावरहरू बस्छन्। यो नयाँ खोजबाट वैज्ञानिकहरु उत्साहित भएका छन् ।

अन्टार्कटिक प्रायद्वीपको पूर्वी तटमा जोडिएको लार्सन आइस शेल्फमुनि यो गोप्य स्थान वैज्ञानिकहरूले फेला पारेका हुन्। लार्सन आइस शेल्फ संसारको सबैभन्दा ठूलो हिमशैली हो जुन २०२१ मा फुटेर बनेको थियो।

अनुसन्धान टोलीले एक हजार ६०० फिट वा करिब ५०० मिटरसम्म बरफको सतहमा तातो पानीमा ड्रिल गरेको थियो। क्यामेरा पाइपमा जोडिएको थियो। बरफ तोडेर क्यामेरा पानीमा पुग्दा यहाँ सयौँ जलचर देखियो ।

सुरुमा यी धमिलो थिए, जसका कारण वैज्ञानिकहरुले आफ्नो क्यामेरा बिग्रिएको ठानेका थिए । तर पछि ध्यान केन्द्रित गर्दा उनीहरुले क्यामेराको लेन्सको वरिपरि झिँगा बसेको थाहा पाए।

यो खोजबाट वैज्ञानिकहरु चकित परेका छन् । किनभने तिनीहरूले बरफको सतहमुनि जीवन फेला पार्ने आशा गरेका थिएनन्।

भौतिक समुन्द्रशास्त्री क्रेग स्टिभेन्सले ती जनावरहरू हाम्रो क्यामेरातिर पौडी खेल्नुको अर्थ यस्तो गहिराइमा पनि एउटा महत्त्वपूर्ण इकोसिस्टम रहेको बताए।

हिउँको सतहमुनि नदीहरू

अन्टार्कटिकामुनि नदी र तालहरूको नेटवर्क रहेको विज्ञहरूले लामो समयदेखि विश्वास गर्दै आएका छन्। तर अहिलेसम्म यस विषयमा खासै अध्ययन हुन सकेको छैन । हिउँको सतहमुनि नदीमा जीवन खोज्नु एउटा महत्त्वपूर्ण खोज हो।

ग्लेशियोलोजिस्ट तथा प्रमुख अनुसन्धानकर्ता ह्युग होर्गनले यस नदीको अवलोकनले लुकेको संसार पत्ता लगाउने अनुभूति हुने बताए । प्रारम्भमा तिनीहरूले भूउपग्रह छविहरूबाट सतहमुनि नदीको अस्तित्वको बारेमा थाहा पाए।
एजेन्सीको सहयोगमा