२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्टार्कटिकाको ५०० मिटर बरफमुनि भेटियो लुकेको संसार



अ+ अ-

वासिंटन । वैज्ञानिकहरूले अन्टार्कटिकाको हिउँको सतहमुनि लुकेको संसार फेला पारेका छन् । वैज्ञानिकहरूले यहाँ यस्तो पारिस्थितिकीय प्रणाली फेला पारेका छन् जुन आजसम्म कहिल्यै देखिएको थिएन।

हिउँको सतहमुनि भूमिगत खोलामा एउटा अँध्यारो गुफा देखिएको छ जसमा झिँगा जस्तो देखिने साना जनावरहरू बस्छन्। यो नयाँ खोजबाट वैज्ञानिकहरु उत्साहित भएका छन् ।

अन्टार्कटिक प्रायद्वीपको पूर्वी तटमा जोडिएको लार्सन आइस शेल्फमुनि यो गोप्य स्थान वैज्ञानिकहरूले फेला पारेका हुन्। लार्सन आइस शेल्फ संसारको सबैभन्दा ठूलो हिमशैली हो जुन २०२१ मा फुटेर बनेको थियो।

अनुसन्धान टोलीले एक हजार ६०० फिट वा करिब ५०० मिटरसम्म बरफको सतहमा तातो पानीमा ड्रिल गरेको थियो। क्यामेरा पाइपमा जोडिएको थियो। बरफ तोडेर क्यामेरा पानीमा पुग्दा यहाँ सयौँ जलचर देखियो ।

सुरुमा यी धमिलो थिए, जसका कारण वैज्ञानिकहरुले आफ्नो क्यामेरा बिग्रिएको ठानेका थिए । तर पछि ध्यान केन्द्रित गर्दा उनीहरुले क्यामेराको लेन्सको वरिपरि झिँगा बसेको थाहा पाए।

यो खोजबाट वैज्ञानिकहरु चकित परेका छन् । किनभने तिनीहरूले बरफको सतहमुनि जीवन फेला पार्ने आशा गरेका थिएनन्।

भौतिक समुन्द्रशास्त्री क्रेग स्टिभेन्सले ती जनावरहरू हाम्रो क्यामेरातिर पौडी खेल्नुको अर्थ यस्तो गहिराइमा पनि एउटा महत्त्वपूर्ण इकोसिस्टम रहेको बताए।

हिउँको सतहमुनि नदीहरू

अन्टार्कटिकामुनि नदी र तालहरूको नेटवर्क रहेको विज्ञहरूले लामो समयदेखि विश्वास गर्दै आएका छन्। तर अहिलेसम्म यस विषयमा खासै अध्ययन हुन सकेको छैन । हिउँको सतहमुनि नदीमा जीवन खोज्नु एउटा महत्त्वपूर्ण खोज हो।

ग्लेशियोलोजिस्ट तथा प्रमुख अनुसन्धानकर्ता ह्युग होर्गनले यस नदीको अवलोकनले लुकेको संसार पत्ता लगाउने अनुभूति हुने बताए । प्रारम्भमा तिनीहरूले भूउपग्रह छविहरूबाट सतहमुनि नदीको अस्तित्वको बारेमा थाहा पाए।
एजेन्सीको सहयोगमा