७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

नगर सभाको ११ औँ अधिवेशन असार ५ गते, विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन

नगर सभाको ११ औँ अधिवेशन असार ५ गते, विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो ।

बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गर्नुभएको थियो । यी प्रस्तावहरुमा छलफल गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन हुनुभएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहनुहुनेछ ।

यसमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धि संस्थाका प्रतिनिधि सदस्य रहनुहुनेछ ।

बैठकमा प्रमुख शाहले पेश गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ । जसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर हुनुहुन्छ । यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक हुनुभएको छ ।

प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले, महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयहरुविच समन्वय बलियो बनाउँदै गएपछि अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने बताउनुभयो । ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यसमा सबै सँगै हुनुपर्छ ।’ प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पूर्वतयारीसहित गरिएको बैठक उपलब्धीमुलक भएको उल्लेख गर्नुभयो । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उहाँको भनाइ थियो ।

बैठकमा विविधमाथि छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राख्नुभएको थियो ।

फोहोरमैला व्यवस्थापन गर्ने, व्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, विजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयहरु उहाँहरुका प्रमुख विषय थिए ।

कार्यपालिका सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको प्रमुख शाहले उत्तर दिनुभएको थियो । ‘आउँदो ३ दिनभित्रमा ब्रुमर सञ्चालनमा आउनेछन् । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्नुहुनेछ । हामी विकास साझेदारहरुसँग हरेक महिनाको पहिलो सोमबार बैठक बस्दैछौँ । त्यसबाट विकासमा देखिएको असमन्वय कम हुँदै जानेछ ।’ उहाँको जवाफ थियो ।

बैठकमा ईश्वरमान डंगोल, विमलकुमार होडा, दिनेश महर्जन, चिनीकाजी महर्जन, मुकुन्द रिजाल, न्हुच्छेकाजी महर्जन, उदयचुडामणि बज्रचार्य, मीना सिंह, बालकृष्ण महर्जन, भुवन लामा, सुमन श्रेष्ठसहित सदस्यहरुले धारणा राख्नुभएको थियो । त्यसै गरी नविन मानन्धर, सरोज ढकाल, मीना सिंह, महेश नेपाली, अनिता कार्की ढलीले नगरबासीको वीमा, जेष्ठ नागरिकलाई विश्राम गर्ने ठाउँको व्यवस्था, निकायगत समन्वयबाट प्रभावकारी कार्यक्रम सञ्चालन, अरुले गल्ती गर्ने महानगरका जनप्रतिनिधिले गाली खानुपर्ने अवस्थाको अन्त्यलगायत विषय उठाउनुभएको थियो ।

बैठकमा प्रमुख शाहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । यसअघिको शपथमा उहाँ पारिवारिक कारण सहभागी हुन सक्नुभएको थिएन ।