२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन सांसद ज्ञवालीको माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताउनुभयो । सांसद ज्ञवालीले भ्रमणका क्रममा कुनै समझदारी हुने, नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले गम्भिर विषयहरुमा पनि प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव नलिने र राष्ट्रिय समझदारी नबनाउने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन । सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन् जससँग सत्ता घटकहरु बिच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो । यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहान्छु ।

प्रमुख प्रतिपक्ष त यस विषयमा बेखबर नै छ किनभने लामो समय भयो यस्ता गम्भिर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन, ऊ सँग परामर्श लिने, सुझाव लिने र राष्ट्रिय समझदारी बनाउने यो चलन वर्तमान सरकारले छोड्दै गएको छ । भ्रमण राजकिय हो कि ? आधिकारिक हो कि ? सद्भावना मात्रै हो कि ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो कि ? त्यस सम्बन्धमा हामिलाई जानकारी छैन । छलफलका विषयहरु के हुन् ? त्यहाँ कुनै समझदारीहरु हुँदैछन् ? हुँदैछन् भने के विषयमा हुँदैछन् ? यस विषयमा प्रमुख प्रतिपक्ष बिल्कुल बेखबर छ । प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहान्छु ।’

उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्नेपनि स्पष्ट पार्नुपर्ने बताउनुभयो ।