३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कपः नेपाल कुवेतसँग पराजित



अ+ अ-

एजेन्सी । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

शनिबार राति कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

कुवेतलाई जित दिलाउन युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

पहिलो हाफमा १–० को स्थितिमा नेपालले कुवेतलाई रोकेपनि दोस्रो हाफमा नेपालले ३ गोल खान पुग्यो ।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कुवेतको दुई खेलबाट ३ अंक छ । नेपाल अंकविहिन छ । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ । उनीहरुले एक खेल कम खेलेका छन् ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।