१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी



अ+ अ-

भोजपुर । जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अनिशा खड्का विजयी बनेका हुन् ।

दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् ।

त्यस्तै कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् भने रुख चिह्नबाट निर्वाचन लड्नुभएकी नेकपा (एकिकृत समाजवादी)बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेका हुन् ।