२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरा खोजकर्ता खरेल सम्मानित



अ+ अ-

झापा,। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट सङ्घ (नाटा) १ नं प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत मेचीनगरका देबेन खरेललाई आज सम्मान गरेको छ ।

सङ्घले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उहाँलाई रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

विगत छ वर्षदेखि नेपालमा रहेका चरा तथा वन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहनुभएका खरेलले लोपोन्मुख हङ्रायो, हरित परेवालगायतका दुर्लभ चरा पूर्वी नेपालमा अस्तित्वमा रहेको सप्रमाण प्रस्तुत गरेर देश–विदेशबाट प्रशंसा पाउनुभएको थियो ।

उहाँको खोजबाट नेपालको पर्यटन प्रवद्र्धन र प्राकृतिक वातावरण संरक्षणका क्षेत्रमा योगदान पुगेको सङ्घले जनाएको छ । खरेलले हालसम्म मेचीनगर नगरपालिकाभित्र मात्र भेटिएका ३०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफँैले खिच्ने सफलता पाउनुभएको छ । नेपाल चरा पर्यटनको हब बन्ने उहाँको धारणा छ ।

कोसीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल आदिको अध्ययन गरिसक्नुभएका खरेलले वन्यजन्तु आरक्ष क्षेत्र र रामसार क्षेत्रबाहेक खुला क्षेत्रमा तुलनात्मकरूपमा मेचीनगरमा धेरै प्रजातिका चरा पाइएको जिकिर गर्नुभयो । सङ्घका प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मानमा सङ्घका केन्द्रीय अध्यक्ष रमेश थापाले चरा खोजकर्ता खरेल मुलुककै प्रतिभा भएको बताउनुभयो । रासस