२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

खाली हात फर्किन्नौँ – रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट

खाली हात फर्किन्नौँ – रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट
अ अ+ अ-

काठमाडौं । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।

एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको हो । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताउनु भयो । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ । मौसम प्रतिकुल भएपनि टोलीले अनुकुल अनुसार अभ्यासलाई तीब्रता दिइरहेको छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । सोही श्रृंखलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भएपनि अभ्यासलाई निरन्तरता दिइरहेको बताउनु भयो । फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको श्रृंखलापछि एकदिन बिराएरले हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । मौसम चुनौती भएपनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं भने बर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौ । यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौं । पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्नसकेका छौं ।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ । सन्तुुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टोलीमा स्पिनरको अवस्था सन्तुलित छ । सँगै हामीसँग फास्ट बलर पनि राम्रो छ । यद्यपि वर्कआउट गर्न बाँकी छ । एक दुई दिनमा हामी फास्ट बलरमा काम गर्छौं, यु–१९ खेलाडीमा टोलीमा समावेश गरेको छौं । मलेसियामा हुने खेलमा फरक फरक पिच भएको भन्दै सोही अनुसार तयारी गरिरहेको छौं । लक्ष्य भनेको च्याम्पियन बनेर छनोट हुने हो ।’

त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले केही साताअघि सिनियर टोलीबाट युगाण्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन् । यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिइरहेको छ । आवश्यक पर्ने कागजात नपुगेको भन्दै उनी हाल टोली भन्दा बाहिर छिन् । युगाण्डासँगको श्रृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले सोही कमी कमजोरीमा अभ्यास गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो । कमीकमजोरी थाहा पायौं । त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौं । त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ । आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौं । आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्तु छु । सबैले आ–आफ्नो ठाउँबाट खेल सुधारका लागि प्रयास गरिरहनुभएको छ । साथै स्किल र ब्याटिङ पक्षमा सुधारका लागि टोलीले मिहिनेत गरिरहेको छ । साथै मैदानको मिहिनेतले पनि टोलीका सदस्यमा गम्भीरता आएको महशुस गरेको छु ।’

कप्तान क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताउनु भयो । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिवद्धता जनाउनु भयो । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ । तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पीडा छ । कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलिकेको हुन्छ । तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।

समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।