• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

खाली हात फर्किन्नौँ – रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट



काठमाडौं । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।

एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको हो । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गरेको भन्दै प्रशिक्षक जगत टमाटाले टोली च्याम्पियन भएर स्वदेश फर्किने बताउनु भयो । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले नेपाली वर्षा यामलाई छल्दै अभ्यास गरिरहेको छ । मौसम प्रतिकुल भएपनि टोलीले अनुकुल अनुसार अभ्यासलाई तीब्रता दिइरहेको छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । सोही श्रृंखलापछि टोलीले मुख्यतया फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भएपनि अभ्यासलाई निरन्तरता दिइरहेको बताउनु भयो । फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको श्रृंखलापछि एकदिन बिराएरले हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । मौसम चुनौती भएपनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं भने बर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरेका छौ । यति धेरै मिहिनेत हामीले नतिजाका लागि गरिरहेका छौं । पाँच–पाँच घण्टा सधैँ अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्नसकेका छौं ।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाई छ । सन्तुुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टोलीमा स्पिनरको अवस्था सन्तुलित छ । सँगै हामीसँग फास्ट बलर पनि राम्रो छ । यद्यपि वर्कआउट गर्न बाँकी छ । एक दुई दिनमा हामी फास्ट बलरमा काम गर्छौं, यु–१९ खेलाडीमा टोलीमा समावेश गरेको छौं । मलेसियामा हुने खेलमा फरक फरक पिच भएको भन्दै सोही अनुसार तयारी गरिरहेको छौं । लक्ष्य भनेको च्याम्पियन बनेर छनोट हुने हो ।’

त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले केही साताअघि सिनियर टोलीबाट युगाण्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन् । यद्यपि क्यानले उनलाई उजागर गर्न सिनियर टोलीसँग अभ्यासको मौका दिइरहेको छ । आवश्यक पर्ने कागजात नपुगेको भन्दै उनी हाल टोली भन्दा बाहिर छिन् । युगाण्डासँगको श्रृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले सोही कमी कमजोरीमा अभ्यास गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो । कमीकमजोरी थाहा पायौं । त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौं । त्यसका लागि हामीसँग अहिले ट्रेनर पनि हुनुहुन्छ । आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौं । आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्तु छु । सबैले आ–आफ्नो ठाउँबाट खेल सुधारका लागि प्रयास गरिरहनुभएको छ । साथै स्किल र ब्याटिङ पक्षमा सुधारका लागि टोलीले मिहिनेत गरिरहेको छ । साथै मैदानको मिहिनेतले पनि टोलीका सदस्यमा गम्भीरता आएको महशुस गरेको छु ।’

कप्तान क्षेत्रीले च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौती पूर्ण भएको बताउनु भयो । रुबिनाले नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै ट्रफी लिएर स्वदेश फर्किने प्रतिवद्धता जनाउनु भयो । त्यसका लागि खेलाडीले गरेको र कमी कमजोरी सुधार गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ । तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पीडा छ । कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलिकेको हुन्छ । तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।

समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।