२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।