१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको ककनीमा मानिस बिजुलीको तारमा हिडेपछि… -भिडियो सहित



अ+ अ-

काठमाडौं । नुवाकोटको ककनी गाँउपालीका वडा नं ७ मा रहेको बिद्युत प्रसारण लाईनमा एक पुरुष झुण्डिएर बसेका छन् ।

मानसिक सन्तुलनमा समस्या रहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ का ४४ वर्षीय माइला विक बिद्युतको टावर मार्फत हाईभोल्टेजको तारमा झुण्डिएका हुन् । एक पोलबाट चडेर उनि दुई पोलको बिचको तार सम्म पुगेका छन् ।

शनिबार करिब १० बजे तीर स्थानीय बासिन्दाले उनि तारमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तल झर्नका लागि आग्रह गरेपनि उनिले टेरेका छैनन । जसका कारण स्थानीय र प्रहरी हैरान बनेका छन्। मानिस तारमा हिडेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन चार घण्टादेखि बन्द गरिएको छ ।


तस्वीर- हरि गुरुवाचार्यकाे फेसवुकबाट