• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी हुन कमल थापा पोखरामा जांदै



पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापा स्थानिय बुद्धिजीवी , नागरिक समाज , संन्चारकर्मी, उधोगी , ब्यापारीहरुसङ्गको अन्तरक्रियामा सहभागी हुन भोलि पोखरा आउने भएका छन् ।

पार्टीले मुलुकको सात वटै प्रदेशमा प्रदेश स्तरीय ूमुलुकका चुनौती र बिकल्प बिषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सो बमोजिम बागमतीको हेटौंडामा , १ नम्बर प्रदेशको बिराटनगरमा, मधेस प्रदेशको जनकपुरमा र लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम सम्पन्न भएको छ ।

सबै कार्यक्रममा अध्यक्ष थापा सहभागी थिए । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने कार्यक्रममा सहभागी हुन थापा भोलि पोखरा आउने र प्रदेश स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रदेश भित्रका सबै जिल्लाका अध्यक्ष सहितका प्रतिनिधिहरुको अगुवा भेलामा सहभागिता रहने राप्रपा नेपाल गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र बहादुर अधिकारीले बताए । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको गण्डकी प्रदेश समितिले जनाएको छ । सबै बर्ग, क्षेत्र , समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया गर्दै पार्टीले धारणा र थप कार्यक्रम तय गर्ने जनाईएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित साक्षात्कार कार्यक्रममा पार्टीका सहायक महामन्त्री शिव बास्तोला, प्रदेश सचिब सुर्य बास्तोला लगायतको उपस्थिति रहेको थियो ।