२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्टिन बिबरको आधा अनुहार पक्षघात, एक आँखा झिम्काउन नसक्ने अवस्थामा



अ+ अ-

एजेन्सी । जस्टिन बिबर विश्वका चर्चित पप गायक मध्येका एक हुन् । गायकले हालै आफ्नो एल्बम ‘जस्टिस’को प्रवद्र्धनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए ।

यद्यपि केही दिन पछि गायकले आफ्नो भ्रमण स्थगित गरे । यो खबर सुनेपछि विश्वभर फैलिएका उनका फ्यान निराश बनेका छन् ।

यसै क्रममा गायकले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै यसको पछाडिको कारण खुलाएका छन् । भिडियोमा गायकले आफ्नो आधा अनुहार पक्षाघात भएको खुलासा गरेका छन् ।

जस्टिन बिबरले आफू ‘रामसे हन्ट सिन्ड्रोम’बाट पीडित भएको खुलासा गरेका छन्, जसका कारण उनको अनुहार पक्षाघात भएको छ ।

भिडियोमा आफ्नो अवस्थाको बारेमा कुरा गर्दै गायकले भने, ‘तपाईंले देख्न सक्नुहुन्छ, म मेरो एक आँखा झिम्काउन सक्दिनँ । म मेरो अनुहारको यो छेउमा हाँस्न पनि सक्दिन । मेरो शो रद्द हुनुको कारण । यसबाट निराश छु, म उनीहरूलाई भन्न चाहन्छु कि म यस समयमा शारीरिक रूपमा सक्षम छैन । मलाई आशा छ कि तपाईंहरूले बुझ्नुहुनेछ।’