३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्टिन बिबरको आधा अनुहार पक्षघात, एक आँखा झिम्काउन नसक्ने अवस्थामा



अ+ अ-

एजेन्सी । जस्टिन बिबर विश्वका चर्चित पप गायक मध्येका एक हुन् । गायकले हालै आफ्नो एल्बम ‘जस्टिस’को प्रवद्र्धनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए ।

यद्यपि केही दिन पछि गायकले आफ्नो भ्रमण स्थगित गरे । यो खबर सुनेपछि विश्वभर फैलिएका उनका फ्यान निराश बनेका छन् ।

यसै क्रममा गायकले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै यसको पछाडिको कारण खुलाएका छन् । भिडियोमा गायकले आफ्नो आधा अनुहार पक्षाघात भएको खुलासा गरेका छन् ।

जस्टिन बिबरले आफू ‘रामसे हन्ट सिन्ड्रोम’बाट पीडित भएको खुलासा गरेका छन्, जसका कारण उनको अनुहार पक्षाघात भएको छ ।

भिडियोमा आफ्नो अवस्थाको बारेमा कुरा गर्दै गायकले भने, ‘तपाईंले देख्न सक्नुहुन्छ, म मेरो एक आँखा झिम्काउन सक्दिनँ । म मेरो अनुहारको यो छेउमा हाँस्न पनि सक्दिन । मेरो शो रद्द हुनुको कारण । यसबाट निराश छु, म उनीहरूलाई भन्न चाहन्छु कि म यस समयमा शारीरिक रूपमा सक्षम छैन । मलाई आशा छ कि तपाईंहरूले बुझ्नुहुनेछ।’