• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक



काठमाडौं । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ ।

गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

विहिबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्।