१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँबुखैरेनी दुर्घटना, दुई जनाको शव फेला



अ+ अ-

शुक्रबार बिहान मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा परेका दुई जनाको शव फेला परेको छ ।

सो स्थानमा शुक्रबार बिहान करिब ४ः३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोरसहितको टोलीले उद्धार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटोरसाइकलमा सवार अनुमान गरिएका गोरखा सिरानचोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको छ ।

बा ३३प १०८१ नम्बरको मोटरसाइकल हराइरहेको र सो मोटरसाइकलमा सवार व्यक्ति सुरक्षित रहेको बुझिएको छ । सडकमा गुडिरहेको कार र मोटरसाइकल सडक भासिएसँगै दुर्घटनामा परेका थिए ।