२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँबुखैरेनी दुर्घटना, दुई जनाको शव फेला



अ+ अ-

शुक्रबार बिहान मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा भएको दुर्घटनामा परेका दुई जनाको शव फेला परेको छ ।

सो स्थानमा शुक्रबार बिहान करिब ४ः३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोरसहितको टोलीले उद्धार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटोरसाइकलमा सवार अनुमान गरिएका गोरखा सिरानचोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको छ ।

बा ३३प १०८१ नम्बरको मोटरसाइकल हराइरहेको र सो मोटरसाइकलमा सवार व्यक्ति सुरक्षित रहेको बुझिएको छ । सडकमा गुडिरहेको कार र मोटरसाइकल सडक भासिएसँगै दुर्घटनामा परेका थिए ।