काठमाडौँ । बिहीबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ७८ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ४९ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ०२ पैसा तोकिएको छ।
यस्तो छ आजको विदेशी सटही दर: