४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ ।

आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो । अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।