२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डामा पनि भोकमरीको समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीको आग्रह



अ+ अ-

कम्पाला । युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् ।ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ । युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो ।

यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् ।

यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।