• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo

भीम रावलले एमसीसी पास गर्नेहरुलाई ‘राष्ट्रिय गद्दार’को संज्ञा दिए



काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने बताएका छन् । 
 
एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै एमाले सांसद रावलले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको जनाउँदै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । 

आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गर्दै एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने समेत आरोप लगाए ।