५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका विषयमा दलहरुबीच भएको सहमति सकारात्मकः देव गुरुङ



फाइल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक तथा सांसद देव गुरुङले एमसीसी सम्झौतासँगै पेस हुन लागेको व्याख्यात्मक घोषणाका कारण यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । 

एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँद उनले भने, ‘सुरुमा नेपालको कानुनहरु निस्क्रिय हुने र अमेरिकी कानुन हावी हुने भएको थियो । यस प्रकारको सम्झौता संशोधन नगरी हुँदैन भनेर हाम्रो पार्टीले सुरुदेखि भन्दै आएको अवस्था हो । माओवादी केन्द्र लगायतका केही घटकका बीचमा संशोधनको कुरा आकर्षण हुनेगरी घोषणा आउने कुरा सुन्नमा आएको छ । यो सकारात्मक छ ।’ 

यस्तै, उनले दलहरूबीच भएको सहमति र त्यसअनुसारको घोषणा संसदमा ल्याउन माग पनि गरेका छन् ।