६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरका आकांक्षी सांसद मानन्धरको माग, फोहोरमैला व्यवस्थापनमा म नै उपयुक्त पात्र !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले मेयर बनेर काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने आफ्नो चाहना पूरा नभएको भन्दै आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गरेका गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ । तर उम्मेदवार बन्न पाएन । फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ । म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो ।

आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबा छ । त्यसकारण सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो ।’