२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध



अ+ अ-

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।

गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गर्नुभएको छ ।

“अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, वैकल्पिकरूपमा बाहुनेपाटीको पुल प्रयोग गर्न सकिन्छ”, प्रमुख तामाङले भन्नुभयो, “फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ ।”