२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टुः नेपाल ओमानसँग १३ रनले पराजित



अ+ अ-

काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमै नेपालले हार ब्यहोरेको छ ।

अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए भने सुशन भारी सुन्य रनमा अविजित रहे ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३र३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोड्यो ।

ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ्स खेले । खवर अलिले ३०, सोयब खानले २७ रन जोड्दा ।सुरज कुमार १२ रनमा आउट भए ।

नेपालका करण केसीले ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछाने पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी समेत बने । यसैगरी सन्दीपले २ विकेट लिँदा सोमपालको नाममा १ विकेट रह्यो ।

यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध खेल्नेछ ।