काठमाडौ । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले कमजोर बनाउने खेल विरुद्ध एकजुट भएर लाग्न आब्हान गनुृभएको छ ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले भन्नुभयो "पार्टी नफुटेको छैन, २०५४ मा पार्टी फुट्यो। कम्युनिष्ट पार्टीमा फुट र जुटको इतिहास छ। नेकपा एमाले महासागर बनेको छ।’ कार्यकर्ता भेलालाई सम्बोधन गर्दे शाक्यले एकताको लागि १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि कुनै जालझेल गर्न नहुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘बलियो र विचारयुक्त नेकपा एमाले निर्माणमा लाग्नुपर्छ, सुदृढ नेकपा एमाले कसरी बनाउने भन्ने विषयमा हामी लाग्नुपर्छ। उहाँले माओवादी केन्द्रसँगको एकता गर्दा कम्युनिष्ट आन्दोलन रक्षाको लागि २०७५ जेठ ३ गते एकता गरे पनि पार्टी एकतापछि कमिटी बिहिन भएपछि अराजकता बढेको बताउनु भयो ।
शाक्यले भन्नुभयो, ‘फागुन २३ गते सर्वोच्च अदालतले एकता अवैध भन्दै छुट्याइदियो। हामी एमालेमा फर्केपछि एमालेमा सजिलै फर्किन पाएनौँ। हामी लामो समय एमाले हुन सकिन। माओवादी आफ्नो पार्टीमा फर्किसकेको थियो।’ ‘हामी एमालेमै छौँ। हामीले दुख गरेको पार्टीमै छौँ। एमाले विभाजन हुने पक्षमा छैनौँ। हामी कम्युनिष्ट पार्टीमा त्याग र विचार युक्त पार्टीको रूपमा लाग्नुपर्छ। १० बुँदे सहमतिमा इमान्दारपूर्वक कार्यान्वयन गरौँ। कुनै जालझेल नगरौँ। विभाजन गरेर कुनै फाइदा छैन’उहाँले भन्नुभयो ।
उहाँले एमाले कुनै मनमुटावबिना हिजोको कुरा बिर्सिएर मन फराकिलो बनाउनुपर्ने सुझाब दिनुभयो । नेतृ शाक्यले भन्नुभयो हामीलाई संघमा दुई तिहाइको सरकार प्रदेश सरकारको नेतृत्व गरेका थियौँ। तर, कम्युनिष्ट पार्टीभित्रबाटै आन्दोलनलाई धुजा धुजा बनाउने खेल भयो।’











