काठमाडौं । इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन । नेपाली काँग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधँै चर्चा हुने गरेको छ ।
स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली काँग्रेस भित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित ग¥यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा हुनुहुन्थ्यो । न्यूज एजेन्सी नेपालको सहयोगमा तयार पारिएको भिडियो रिपोर्ट











