३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग



अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो । मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै उहाँले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताउनुभयो । उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ भनेर सर्वोच्च अदालतले २०७५ भदौ महिनामा फैसला गरेको छ । स्थानीय तहको निर्वाचन हामीले गरिसक्यौँ । नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइ राखेका छन् । विदेशमा बस्ने नेपालीहरुले यदी त्यही देशको नागरिकता लिएको छ र हाम्रो मुलुकको नागरिकता छोडेको छ भने अर्कै कुरा हो ।

नभए बाध्यतावश सबै नागरिकहरु यहाँ आएर मतदान गर्न सक्दैनन् । विदेशमा बस्ने नेपालीले मताधिकार गर्ने अधिकार नपाउनु भनेको गम्भिर विषय हो । त्यसैले कुल मतदाताको २० प्रतिशत प्रवासमा बसेका छन् । म गम्भिरताका साथ आफ्नो कुरा सम्माननीय अध्यक्ष मार्फत् सम्बन्धित निकायमा राख्न चाहान्छु । ति नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले उपयुक्त छैन ।’

उहाँले किसानहरुलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।