२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो



अ+ अ-

लागोस । नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट गराउनुका साथै गोली प्रहार गरेर ती व्यक्तिको हत्या गरिएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार सो हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले अझै अस्पतालमा नै भर्ना गरिएको छ ।

ओयो सहरस्थित सो चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो । तर यस पटकको पछिल्लो यो हमला शक्तिशाली रहेको बताइएको छ ।