• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

चार दिने भ्रमणमा नेपाल आउँदै अमेरिकी सैनिक जनरल



काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउँदै छन् । नेपाली सेनाका अनुसार बिहीबार दिउँसो चाल्र्स ए फ्लिन नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाका अनुसार भोलि शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने छन् । शुक्रबार नै प्रधानसेनापति शर्माले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

नेपाल भ्रमणका क्रममा सैनिक जनरल फ्लिन शनिबार माउन्टेन फ्लाइटबाट सगरमाथा आधार शिविर भ्रमण गर्ने र सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेष्ट भ्यू होटलमा दिवाभोज गर्ने कार्यक्रम छ ।

सैनिक जनरल फ्लिनको आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

सन् २०२१ जुनदेखि उनी एसिया–प्रशान्त क्षेत्रको उनी प्रमुख छन् ।