८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित छात्रको पठनपाठनको जिम्मेवारी राजकीय संस्कृत गुरुकूलले लिने



अ+ अ-

महोत्तरी । ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन् ।

दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो । ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना नपाएका १० वर्षीय समीर सुनार, १२ वर्र्षीय विराज सुनार, नौ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले अब मटिहानी गुरुकूलमा भर्ना पाउने भएका हुन् ।

“बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा देखियो”, मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, “हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।” दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ ।

आजभन्दा ३०४ वर्र्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको थियो । गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन् । “कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैेले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्”, पौडेलले भन्नुभयो ।

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ््ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकूलको वेबसाइटमा सिट सङ्ख्या ५० रहेको पाइन्छ ।

भर्नाका लागि केश मुुण्डन र व्रतबन्ध गरी सकेपछि जातथर सोध्दा आफूले नढाँटी बताएपछि गुरुकूलका प्राचार्यले घर जान भनेको जनाइएको छ ।