२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा, अध्यक्ष नेपालले शुक्रबार उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय स्थापना भएको छ ।मीनभवनमा स्थापना भएको केन्द्रीय कार्यालयको उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे गर्नेछन् ।

भदौ २ मा नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको हो । नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयहरु भने अधिकांश जिल्लाहरुमा स्थापना भइसकेको बताईएको छ ।