२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि ल्याइएको होइन’



file
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताउनुभएको हो । उहाँले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुंगोमा पुर्याउनका लागि अझै समय बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडी आएको छ । यस्लाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पुर्याउने कुरा हो नि त । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्यो नि त । त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो । त्यो समितिले आफ्नो उत्तरदायित्व पुरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्यो । अनि संसदले काम गर्नुपर्यो । त्यसपछि त अगाडी बढीहाल्छ नि ।’

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो ।