१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

सत्तापक्ष र स्वतन्त्र सभासदको नजरमा वागमती प्रदेशको नीति तथा कार्यक्रम

सत्तापक्ष र स्वतन्त्र सभासदको नजरमा वागमती प्रदेशको नीति तथा कार्यक्रम
अ अ+ अ-

काठमाडौं । वागमती प्रदेश सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको बताउनुभएको हो । उहाँले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनु भयो । सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरुमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको वर्ष वागमती प्रदेशका पहाडी भूभागमा बाढी पहिरोको प्रकोप धेरै बढ्यो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नै तहसनहस भयो । धादिङ, दोलखा, नुवाकोट लगायतका जिल्लाहरुमा पनि धेरै क्षति पु¥यायो । त्यसैले अहिले हामीले कम्तिमा प्रदेश सरकारको तर्फबाट घटना भइसकेपछि राहत दिने भन्दापनि पूर्व तयारीको हिसावले काम गर्नुपर्छ भन्ने ढंगले आवाज उठायौँ । तर अहिले नीति तथा कार्यक्रम आउँदापनि त्यसलाई गहिराईमा पुगेर स्म्बोधन गर्न सकिएको पाइएको छैन । सिन्धुपाल्चोकको स्थिति हेर्ने हो भने धेरै ठाउँको बस्तीहरु अहिले जोखिमयुक्त छन्, जमिनहरु चर्किएको अवस्था छ । भूक्षयको स्थिति छ । मानिसहरु त्रस्त छन्, तर त्यसलाई सम्बोधन गर्ने गरेर प्रदेशको नीति तथा कार्यक्रममा आउनसकेको छैन । नीति तथा कार्यक्रम विगतकै निरन्तरता जस्तो भइरहेको छ । परम्परा धान्ने गरेर ल्याइरहेको छ । नीति तथा कार्यक्रम अहिले ससाना योजनालाई पनि प्राथमिकता दिएर पैसा छुट्याइरहेको छ । हाम्रो तालमेल स्थानीय तहसँग नमिलिरहेको जस्तो भएको छ । प्रदेशले नै साना योजनामा हात हाल्दा संविधान अनुकुल हुँदैन । यसमा नविनता केही देखिँदैन । त्यसैले यसमा उत्साहीत हुनुपर्ने कुनै कार्यक्रम छैन ।’

यता नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि वागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको दाबी गर्नुभयो । उहाँले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो । सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम अगाडिको वर्षहरुको तुलनामा गठबन्धनको सरकारले ल्याएको चुस्त दुरुस्त छ । किनभने एउटै मात्र मान्छेले मस्तिष्क मन्थन गरेर तयारी गरिएका कुरा भन्दा धेरै साथीहरु बसेर मस्तिष्क मन्थन गरेर ल्याएका कुरा चुस्त दुरुस्त हुन्छ । ५ वटै पार्टीका साथीहरुबीचमा छलफल गरेर ल्याएको कार्यक्रम राम्रो छ । किसानसँग सम्बन्धित कुराहरु नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । महिलासँग पनि त्यत्तिकै ओझिलो नीति तथा कार्यक्रम छ । जस्तै छोरीबुहारीलाई सामुदायिक कलेजमा स्कलरशीप (छात्रवृत्ति) र पहिला शिक्षा प्रदान गर्ने भन्ने विषयवस्तु राम्रो छ । त्यस्तै मजदुर संगठनसँग सम्बन्धितका कुरा लगायतका धेरै कार्यक्रमहरु यो नीति तथा कार्यक्रमले समेटेको छ । सरकारले नीति तथा कार्यक्रम ओझिलो र गहकिलो ल्याएको छ । तर अब यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन गर्नुपर्छ र त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ । जसबाट नै यो बजेट राम्रो रहेछ भन्ने कुरा नागरिकले अनुभुति गर्नेछन् ।’

समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताउनु भयो । वागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सदनमा प्रश्तुत गरेको थियो । नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ ।