१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सकेसम्म आजै नत्र भोलिसम्ममा मन्त्रीहरुको सपथ हुन्छः मेटमणि चौधरी

सकेसम्म आजै नत्र भोलिसम्ममा मन्त्रीहरुको सपथ हुन्छः मेटमणि चौधरी
अ अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले बुधबार(आज) नै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो ।

उहाँले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीले निर्णय ग¥यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ ।’

उहाँले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्रि हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकदमै पाको काम हो । पार्टीले गर्ने भनेको यही हो । संस्थागत गर्ने निर्णय नै हो । अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोली ग्यारेन्टी हुन्छ ।’

उहाँले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा(एकीकृत समाजवादी)को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउनुभयो ।