१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पूर्वमन्त्री रामकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

विसं २०७० मा बनेको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा उनी मन्त्री थिए । पूर्वसचिव समेत रहेका उनीमाथि सार्वजनिक सेवा प्रवेश गरेपछि अकुत सम्पत्ति आर्जज गरेको अभियोग लगाइएको छ । अख्तियारले उनीमाथि चार करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कायम गरेको छ ।

साथै अख्तियारले बैंकमा ६८ लाख ५० हजार ९५३ रुपैयाँ ब्यालेन्स् देखिएकाले उक्त रकम जफत गर्न र बिगोबापतको बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न मागदाबी गरेको छ ।

अख्तियारको आरोप-पत्र दायर सम्बन्धि प्रेस विज्ञप्ति:

संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्री तथा नेपाल सरकारका पूर्व सचिवसमेत रहेका राम कुमार श्रेष्ठउपर बिगो रु.४,४५,२७,६६६.९८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

प्रेस विज्ञप्ति:- मिति २०७८।११।१५ गते ।

—————————————————-

पूर्व सचिव एवम् पूर्व मन्त्री राम कुमार श्रेष्ठले पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवाको शिक्षक पदबाट मिति २०२६/१२/१८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६/०७/२६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४/१०/८ देखि अनिबार्य अबकाश पाएको र मिति २०६९/१२/६ देखि मिति २०७०/१०/२९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएको देखिँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवा प्रवेश गरेको मिति २०२६/१२/१८ गतेदेखि मिति २०७२/०९/०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा निज राम कुमार श्रेष्ठको कुल आय आर्जन रू.६,९०,१६,६२७.४० मा निजले गरेको कुल खर्च (व्यय) रू.११,३५,४४,२९४.३८ घटाउँदा हुन आउने रू.४,४५,२७,६६६.९८ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (बिशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदिय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।

पूर्व सचिव एवम पूर्व मन्त्री राम कुमार श्रेष्ठले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राम कुमार श्रेष्ठलाई बिगो रू.४,४५,२७,६६६.९८ (अक्षरूपी चार करोड पैचालीस लाख सत्ताईस हजार छ सय छैसठ्ठी पैसा अन्ठान्नब्बे मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको सजाय हुनका साथै निजले नेपाल सरकारको पूर्व सचिव एवम् पूर्व मन्त्रीसमेत भई सार्वजनिक पदको जिम्मेवारीमा रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिने र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढेबढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी रु. ६८,५०,९५३.९४ (अठसठ्ठी लाख पचास हजार नौ सय त्रिपन्न रुपैया चौरान्नब्बे पैसा) समेत रोक्का राखी जफत हुन र अपुग बिगो रू.३,७६,७६,७१३.०४ (तीन करोड छहत्तर लाख छहत्तर हजार सात सय तेह्र रुपैया चार पैसा) र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितहरुको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्नको लागि सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज राम कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुलउपर हुन मागदाबी लिइएको छ ।

 

त्यसै गरी निज राम कुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वती श्रेष्ठको नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत निज सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता

श्याम प्रसाद भण्डारी