३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायक पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी



कलाकार पल शाह
अ+ अ-

नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो । 

गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

 पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताउनुभयो । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ । 

“किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ”, गिरीले भन्नुभयो, “भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ ।” गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन् । गायिकाको उजुरीपछि प्रहरीको फरार सूचिमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।