२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री फेरिए, सरकार फेरियो तर मलको कथा उस्तै रह्योः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले देशमा भएको मलको समस्याबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद थापाले भने ‘नेपाललाई करिब पाँच लाख २० हजार मेट्रिक टन आवश्यक पर्छ । जेठ र असारमा दुईदेखि तीन लाख मेट्रिक टन मल चाहिन्छ । कृषि मन्त्रालयले असार मसान्तसम्म १ लाख ९२ हजार मेट्रिक टन मल आउने भनेको छ । सम्माननीय सभामुख महोदय मल आउँदैन । आउन सक्दै सक्दैन । यो सम्भव नै छैन । सरकार फेरियो, मानिसहरु फेरिए, मन्त्री फेरिए तर मलको कथा फेरिएन ।’

जिम्मेवारीमा रहेका मानिसहरुले सही ढंगले काम नगरेपछि मलको समस्या आएको उनको भनाई छ । कृषिको लागि अत्यधिक बजेट रकम छुट्याएपनि मलको अभाव भएकोमा सांसद थापाले दुःख व्यक्त गरे ।

उनले भने ‘सम्पूर्ण कुरा हुँदाहुँदै हामीले मल ल्याउन सकेनौँ, हामीले गर्न नसकेको कि नचाहेको ? हामीले काम गर्ने तरिका बदल्नुपर्छ । किसानहरुको आँशुले हामीलाई पोल्छ ।’