• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

जसपाको समीक्षा बैठकमा कुटाकुट



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को चुनावी समीक्षा बैठकमा कुटाकुट भएको छ । मंगलबार जनकपुरधामस्थित एक होटेलमा भएको धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले कुटाकुट गरेका हुन् ।

अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको बताइएको छ ।

बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएर सिटमा बसे लगतै यादव समर्थकहरुले कुटपिट गरेका थिए । बैठकमा अचानक कुटपिट गर्न थालेपछि आक्रोशित बनेका सहभागीहरुले यादव पक्षधरहरुलाई कुटेका थिए ।

बैठकमा कुटाकुट हुन थालेपछि मापदण्डमा नपर्नेहरुलाई बैठक हल बाहिर पठाइएको थियो ।