६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको सरकारलाई निर्देशन : विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाऊ



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाका विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा शाहीको मृत्युबारे अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले प्रश्न उठाएका थिए । उनले ९ दिनअघि पञ्चदेवल विनायक–४ का १५ वर्षीय शाहीको हत्या भए पनि प्रशासनले जाहेरी नलिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले शाहीको हत्या भइसकेपछि संसद्मा विशेष समय लिएर ध्यानाकर्षण गराउँदै जाहेरी दर्ता गरी हत्यारालाई कारबाही गर्न माग गरेको तर अहिलेसम्म प्रशासनमा जाहेरी दर्ता नभएको बताए । विशेष समयमा गृहमन्त्री बालकृष्ण खाणले न्यायीक रूपमा छानबिन हुने र हत्यारालाई कारबाही गरिने बताउनु भए पनि अहिलेसम्म जाहेरी दर्ता किन नभएको भनी प्रश्न गरे । उनले अहिलेसम्म शाहीको लास कुहिएको अवस्थामा रहेको बताए ।

घटनालाई राजनीतिक रङ दिन खोजिएको भन्दै विद्यार्थी मारिँदा राजनीतिक रङ दिन नहुने शाहले बताए । उनले राजनीतिक रङ देखिएकाले नै जाहेरी दर्ता नगरिएको आरोप लगाए ।

त्यसपछि सभामुख सापकोटाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएका हुन् ।