२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य अधिकार कार्यान्वयन गर्न माग



अ+ अ-

सप्तरी । खाद्य अधिकारको विषयमा संविधान र कानुनमा भएको व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीले खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार सर्वसाधारणले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तर कायम राख्न अनुगमनलाई निरन्तरता दिन माग गरे ।

मानव अधिकार निगरानी समूह विष्णुपुरका सचिव अनिलकुमार साहले बजारको नियमित अनुमगन र आवश्यक कारबाही नहुँदा गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्न नागरिक बाध्य हुनु परेको गुनासो गर्नुभयो । उपभोग्य मिति नभएको, उपभोग्य मिति समाप्त भएको, अखाद्य रङ्ग मिसिएको र गुणस्तरहीन सामग्री बिक्री गर्नेमाथि कडा कारबाही सुरु गरिए मात्र सुधार आउने उहाँले बताउनुभयो ।

रुद्रनारायण मावि गोरगमाका शिक्षक अर्जुनकुमार यादवले खाद्य पदार्थको गुणस्तर कायम राख्न गठित सरोकारवाला निकायको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले व्यापारीहरुको मनोमानीका कारण गुणस्तरीय खाद्य सामग्री उपभोगको अधिकार प्रभावकारी हुन नसकेको बताउनुभयो । विद्यालयको आसपास बिक्री गरिने चटपटे, नास्ताका कारण विद्यार्थीहरु बिरामी पर्ने गरेको र विद्यालयमै शुद्ध खानेपानीको अभाव रहेको अभिभावक पुनम मण्डलले बताउनुभयो ।

कार्यक्रमका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले खाद्य पदार्थको गुणस्तर कायम राख्न सरोकारवाला कार्यालय, व्यवसायीका साथै उपभोक्ताको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले खाद्य पदार्थ खरिद गर्दा उपभोग्य मिति हेरेर खरिद गर्ने तथा मिति समाप्त भएको र गुणस्तरमा शङ्का लागे उजुरी गर्ने बानी बसाले मात्र पनि धेरै सुधार आउने स्पष्ट पार्नुभयो ।

खाद्य लेबलमा सम्पूर्ण सम्मिश्रणको विवरण, उत्पादक ठेगाना, ब्याच नम्बर, उत्पादन मिति, उपभोग मिति, उत्पादनको नाम, खुद र कूल तौल/आयतन स्पष्ट साथ हुनै पर्ने प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँले होटेल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायीहरुले पूरा गर्नुपर्ने न्यूनतम कार्यहरुबारे जानकारी दिनुहुँदै खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय गुणस्तरका लागि प्रयासरत रहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा आयोजित कार्यक्रममा सहजकर्ता दीपककुमार यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा इन्सेकले निरन्तर छलफल, अन्तरक्रिया गरेर सचेतना अभिवृद्धि गरिरहेको जानकारी दिनुभयो ।