२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगाबाट स्रोत नखुलेको करिब चार करोड रुपैयाँसहित ५ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

मंगलबार बिहान नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अन्य चारजना चिनियाँ नागरिक छन् ।

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।