१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन कायमै रहन्छः अध्यक्ष नेपाल



अ+ अ-

राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आउनु भएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

“उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उहाँको भनाइ थियो ।

आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताउनुभयो ।