६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा कार्यपालिका सदस्य चयन गर्न आज मतदान हुँदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यका लागि आज मतदान हुँदैछ ।

कूल ४२ सदस्यीय काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा आज ८ सदस्यका लागि मतदान हुँदैछ । काठमाडौँ महानगर प्रमुख, उपप्रमुख र ३२ वटा वडाका अध्यक्ष कार्यपालिकाका पदेन सदस्य हुनेछन् । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ ।

आठ कार्यपालिका सदस्यका लागि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यगरी कूल १६१ ले मतदान गर्नेछन् । कूल १६१ मध्ये नेपाली कांग्रेसबाट ९३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । यस हिसाबले सबै आठ सदस्यमा नेपाली कांग्रेसले जित्ने निश्चित छ ।

यद्यपि स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरी उम्मेदवारी दिएकाले नगर कार्यपालिकाको सदस्यमा पनि तालमेल गरेर उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक÷एक सदस्य दिइएको छ भने कांग्रेसले छ सदस्य लिएको छ ।

महानगरपालिकाको १६१ जनप्रतिनिधिमध्ये एकीकृत समाजवादीको पाँच जनप्रतिनिधि रहेका छन् । तालमेल गर्दा सत्ता गठबन्धनको कूल ९८ जनप्रतिनिधि रहने छन् । नेकपा (एमाले) का ६२ र एक जना महानगर प्रमुख बालेन साह स्वतन्त्र हुन् ।