२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले के भने ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् । शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जिर्ण र जोखिममा रहेकोले कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालमा आयो नुनमा आयोडिनको मात्रा अत्याधि बढी रहेकोप्रति नागरिकहरु त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जिर्ण र जोखिममा छ भन्ने सुन्नमा आएको छ । त्यहाँ प्रयोग गरिने शौचालय पनि पर्याप्त मात्रामा नभएको र रोग फैलिने खालको भन्ने कुराहरु सुन्नमा आएको छ, त्यस्तो हो भने कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन आग्रह गर्दछु । आयो नुनमा आयोडिनको मात्रा अत्यन्त धेरै भएको र खान नहुने भएको भन्ने हल्लाले जनता त्रसित छन्, यसको वास्तविकता के हो ?’

त्यस्तै राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले बर्दियामा बाघले आक्रमण गरेर मृत्यु हुने क्रम बढीरहेकोले त्यसप्रति सुरक्षा माग गर्दा सरकार पक्षद्वार गोली चलाइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोमात्र बर्दियामा बाघले आक्रमण गरेर एकजनाको निधन भयो । त्यसको बिरुद्धमा सडकमा आरक्षित भित्रका बाघ, भालु लगायतका जंगली जनावर रोकथामको निम्ति जुलुस गरिरहेको बेला पुलिसद्वारा गोली प्रहार गरेर १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ । सरकारले यसको संरक्षण गर्नुको साटो गोली हान्ने काम गरेको छ । म सरकारको ध्यानाकर्षण गराउँछु ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हावा चल्नासाथ बिजुली र सञ्चार टावर टुट्ने समस्याको समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमा हावा चल्ने बित्तिकै सञ्चार टावर र विद्युत जान्छ यसको सरकारले विशेष पहल गरोस् ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले सरकारले तत्काल रगतमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले रगतको मूल्य पटकपटक वृद्धि गरेको छ । मूल्यफिर्ता गरियोस् ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले बलात्कारजस्ता घटनामा गम्भीर चासो नदिएको आरोप लगाउँदै महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बलात्कार जस्ता घटना दिनहुँ बढीरहेको छ । सरोकार र सरकार पक्षले यसमा गम्भीर चासो दिएको देखिएको छैन । महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले महिला हिंसाबिरुद्धका कडा कानून छिटो ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिला हिंसाको बिरुद्धमा कडा भन्दा कडा कानून ल्याउनुपर्छ । बाँकेको राप्तीको सोनारी गाउँपालिकामा १६ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छन् । यसका अपराधीहरुलाई कडा र छिटो कारबाही गर्न माग गर्दछु । कानून छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

उहाँले बाँकेको राप्तीस्थित सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेहरुलाई तत्काल कडा कारबाही गर्न माग गर्नुभयो ।