१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले के भने ?

राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले के भने ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् । शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जिर्ण र जोखिममा रहेकोले कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालमा आयो नुनमा आयोडिनको मात्रा अत्याधि बढी रहेकोप्रति नागरिकहरु त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जिर्ण र जोखिममा छ भन्ने सुन्नमा आएको छ । त्यहाँ प्रयोग गरिने शौचालय पनि पर्याप्त मात्रामा नभएको र रोग फैलिने खालको भन्ने कुराहरु सुन्नमा आएको छ, त्यस्तो हो भने कुनैपनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन आग्रह गर्दछु । आयो नुनमा आयोडिनको मात्रा अत्यन्त धेरै भएको र खान नहुने भएको भन्ने हल्लाले जनता त्रसित छन्, यसको वास्तविकता के हो ?’

त्यस्तै राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले बर्दियामा बाघले आक्रमण गरेर मृत्यु हुने क्रम बढीरहेकोले त्यसप्रति सुरक्षा माग गर्दा सरकार पक्षद्वार गोली चलाइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोमात्र बर्दियामा बाघले आक्रमण गरेर एकजनाको निधन भयो । त्यसको बिरुद्धमा सडकमा आरक्षित भित्रका बाघ, भालु लगायतका जंगली जनावर रोकथामको निम्ति जुलुस गरिरहेको बेला पुलिसद्वारा गोली प्रहार गरेर १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ । सरकारले यसको संरक्षण गर्नुको साटो गोली हान्ने काम गरेको छ । म सरकारको ध्यानाकर्षण गराउँछु ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हावा चल्नासाथ बिजुली र सञ्चार टावर टुट्ने समस्याको समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमा हावा चल्ने बित्तिकै सञ्चार टावर र विद्युत जान्छ यसको सरकारले विशेष पहल गरोस् ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले सरकारले तत्काल रगतमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले रगतको मूल्य पटकपटक वृद्धि गरेको छ । मूल्यफिर्ता गरियोस् ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले बलात्कारजस्ता घटनामा गम्भीर चासो नदिएको आरोप लगाउँदै महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बलात्कार जस्ता घटना दिनहुँ बढीरहेको छ । सरोकार र सरकार पक्षले यसमा गम्भीर चासो दिएको देखिएको छैन । महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले महिला हिंसाबिरुद्धका कडा कानून छिटो ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिला हिंसाको बिरुद्धमा कडा भन्दा कडा कानून ल्याउनुपर्छ । बाँकेको राप्तीको सोनारी गाउँपालिकामा १६ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छन् । यसका अपराधीहरुलाई कडा र छिटो कारबाही गर्न माग गर्दछु । कानून छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

उहाँले बाँकेको राप्तीस्थित सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेहरुलाई तत्काल कडा कारबाही गर्न माग गर्नुभयो ।