५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै बेला इन्टरनेट काटिन सक्ने



अ+ अ-

काठमाडौं । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो ।

आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।

“इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ”, आइस्पानले जनाएको छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत् कटौती गर्न थालेको छ । बक्यौता रकम भुक्तानीका लागि पटक÷पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।