१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लोसपा एमसीसी अनुमोदनको पक्षमा छ – महन्थ ठाकुर

लोसपा एमसीसी अनुमोदनको पक्षमा छ – महन्थ ठाकुर
अ अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ ।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताउनुभएको हो । उहाँले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताउनभयो । अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘सरकारले संसदमा प्रस्तुत गरेको अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा छु । अमेरिकाले नेपाललाई सात दशकदेखि विकास सझेदारको रुपमा नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हित र राष्ट्रिय संरक्षणको हरेक क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य  र कृषि गरी प्रत्येक क्षेत्रमा अमेरिकाको केही न कही सहयोग देखिन्छ । अहिले वर्तमान सहयोग आएको छ । जुन अनुदानको रुपमा छ । जसमा विशेष गरेर गरिबी निवारणको विषय तोकिएको छ ।

अनुदानको उद्देश्य नेपाललाई आर्थिक वृद्धि र गरिबीलाई कम गर्ने र सर्वसाधरण जनताको जीवन स्तर सुधार गर्ने राम्रो लक्ष्य लिएर अनुदानको रुपमा आएको छ । खर्च हुने कुरामा प्रश्न गरिएको छ । त्यो पनि निर्धारण गरिएको छ । त्यो नेपाल सरकारद्वारा नै निर्धारण गरिएको  हो । यसबाट आउने सहयोग विद्युत र सडक निर्माण तथा सडक मर्मत सम्भारमा खर्च हुने छ । आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने हो । यो सहयोग त्यसै आएको होइन । नेपालले अनुदान पाउन मापदण्ड पुरा गरेकाले पाएको हो ।’

अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताउनुभयो । उहाँले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गर्नुभयो ।