१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

राष्ट्रपतिद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान

राष्ट्रपतिद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान
नेपाल सङगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७८ बाट सम्मानित व्यक्तिहरुका साथ राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः राष्ट्रपतिको कार्यालय
अ अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारहरूलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले सङ्गीत तथा नाट्य क्षेत्रका छजना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

रङ्गमञ्च विधामा रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीत विधामा सर्जक मोहनकृष्ण कार्की, ढली तथा लोक सङ्गीत विधामा लोक सर्जक अमर विरही गुरुङले पुरस्कार पाउनुभएको छ । उहाँहरूले ताम्रपत्रसहित जनही रु एक लाख एक पाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनु प्रतिष्ठानको दायित्व रहेको बताउनुभयो । उहाँले सम्मानित स्रष्टा तथा सर्जकहरू राष्ट्रका यस्ता गहना भएको उल्लेख गर्नुभयो । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठान छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिहरूलाई निरन्तरता दिने उहाँले जानकारी गराउनुभयो । उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।