• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार



रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ ।

यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण पहिरो जाने अवस्था छ । पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकसमेत अवरुद्ध भई यातायात प्रभावित हुने गरेको छ ।

मनसुनको कारण उत्पन्न हुन सक्ने प्रकोपबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न, सम्भावित प्रकोपको अवस्थामा राहत, उद्धार र पुनःस्थापना कार्य प्रभावकारी रुपमा सम्पादन गर्न मनसुन प्रतिकार्य योजनालाई आवधिक गरी जिल्लाको आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

यस कार्ययोजनामा मनसुनको समयमा हुन सक्ने प्रकोपको अवस्थामा प्रभावकारी र यथार्थ सूचना सङ्कलन गर्ने, खोज तथा उद्धारको कार्य शिघ्र र प्रभावकारी बनाउने, विपद्को समयमा राहत सामग्रीलाई समुचित परिचालन गर्ने, पुनःस्थापना कार्र्य सहज बनाउने कुरा समेटिएका छन् । यस्तै, विपद्को अवस्थामा स्वच्छ खानेपानीको आपूर्ति, उचित सरसफाइ र उपयुक्त स्वास्थ्य र पोषण व्यवस्था मिलाउने, जोखिममा पर्न सक्ने वर्गको सुरक्षाको प्रत्याभूत गर्ने, सञ्चारको उपयुक्त प्रबन्ध गर्ने, विद्यार्थीमार्फत मनसुनको समयमा सुरक्षित हुने कुराको प्रचार गर्ने, सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई मनसुनजन्य आपतकालीन कार्ययोजना निर्माण गर्न सहजीकरण गर्ने विषय समेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

मनसुन प्रतिकार्य योजनामा जिल्लास्थित सबै सुरक्षा निकाय, पालिका, जिल्ला समन्वय समिति, रेडक्रस, सरकारी कार्यालय, स्वास्थ्य संस्था, उद्योग वाणीज्य संघसँगै गैरसरकारी संघसंस्था, राजनीतिक दल, पत्रकार, नागरिक समाजको कार्य विभाजन गरिएको छ । विपद्पूर्व र विपद्को घटना भइसकेपछि अपनाउनुपर्ने सावधानीको बारेमा पनि आपतकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।