७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र



अ+ अ-

झापा । नेपाल सुस्त श्रवण संघ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ । कनकाई नगरपालिकाकोे हिमाली माध्यमिक विद्यालयमा दुई दिने शिविरको आयोजना गरी झापा, मोरङ र इलामका सुस्तश्रवणका व्यक्तिलाई करिब ३० देखि ८० हजारसम्म पर्ने डिजिटल श्रवणयन्त्र वितरण गरेको हो ।

संघले शुक्रवार र शनिवार शिविर आयोजना गरी वरिष्ठ कान विशेषज्ञ डा केशवमान डंगोलद्वारा ७७ जनाको कानको श्रवण क्षमता जाँच गरी सो श्रवणयन्त्र वितरण गरेको हो । सो यन्त्र आठ वर्षका वालबालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकसम्मलाई वितरण गरिएको सुस्त श्रवणसंघ प्रदेश नम्बर १ का अध्यक्ष हरिप्रसाद अधिकारीले बताउनुभयो ।

शिविरका लागि प्राविधिक र अन्य सहयोग भने नेपाल सुस्त श्रवण संघको रहेको उहाँले बताउनुभयो । संघले प्रदेशका अन्य जिल्लामा समेत शिविरको आयोजना गरी श्रवणयन्त्र वितरण गर्ने जनाइएको छ । उहाँका अनुसार गत कात्तिक महिनामा समेत जिल्लाका ४२ जना सुस्तश्रवण भएका व्यक्तिहरुलाई डिजिटल श्रवणयन्त्र वितरण गरिएको थियो ।