६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय पुनरविचार गर्न सरकारलाई गगन थापाको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनरविचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

यातायात मन्त्रालयले आगामी साउन १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने सूचना जारी गरेको थियो । इम्बोस्ड नम्बर नराखे कारवाही गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता थापाले मन्त्रालयले जनतालाई धम्कीको भाष दिएको उल्लेख गर्दै समस्या समाधान नगरी यस्तो धम्की आपत्तिजनक रहेको बताए ।

उनले जनतलाई दण्ड र जरिवानाको डर देखाएर तर्साउने काम भएको भन्दै जबरजस्ती गरे जनताले अवज्ञा गर्ने चेतावनी दिए । उनले सरकारले निर्णयमाथि तुरुन्त पुनरविचार गर्नुपर्ने बताए ।

उनका अनुसार छिमेकी मुलुकहरुमा भन्दा नेपालमा इम्बोस्ड नम्बर पाँच÷छ गुणा महँगो छ । पूर्वाधार तयार नगरी जनतालाई सास्ती दिने काम बन्द गर्नुपर्ने उनको माग छ ।

उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँचरछ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए।

बागमती र गण्डकीको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनले साउन १ गते भित्र इम्बोस्ड नम्बर नलिए कारावही गर्ने चेतावनी यातायात विभागले दिएको छ ।