• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा



पोखरा । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताउनुभयो । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ आठ/आठ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ ।