१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ तीर्थयात्रीको मृत्यु



अ+ अ-

एजेन्सी । आइतबार साँझ भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा बस खाल्डोमा खसेर दुर्घटना भएको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । हरिद्वारबाट तिर्थयात्रा सुरु गरेको बसमा सवार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए । उक्त बस दुर्घटनामा केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् । भक्तजनले भरिएको बस खाडलमा खसेको अमित शाहले बताएका छन् ।

यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्ने भएका छन् । शिवराज सिंह चौहान हिजो राति मात्र देहरादून पुगेका छन् र स्थितिको निगरानी गरिरहेका छन् । उनले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।